Breaking

Monday, 4 February 2019

कोलकाता सेवा मेरे दार्जिलिङ पहाड पनि अशान्त गोजमुमो बिनय गुटले दार्जिलिङ...







कोलकाता सेवा मेरे दार्जिलिङ पहाड पनि अशान्त गोजमुमो बिनय गुटले दार्जिलिङमा फुक्यो मोदी अनि अमित



कोलकाता सँगै दार्जिलिङ पहाड पनि अशान्त: गोजमुमो बिनय गुटले दार्जिलिङमा फुक्यो प्रधानमन्त्री मोदी अनि अमित साहको पुत्ला।।

आज दार्जीलिंगमा विनोय तामांग ग्रुपले जुलुस लगाएर केही नाराहरू बोले| ति नाराहरूको जवाब जनताको पक्षमा यस्तो छ:

विनोय तामांग ग्रुपले भन्छ: "देशको कानुनलाई BJP -ले राजनैतिक रूपमा दुरुपयोग गर्नु पाउँदैन ।"

हामी भन्छौं: "राज्यको कानुनलाई तृणमूल पार्टी अनि विनोय तामांगहरूले राजनैतिक रुपमा दुरुपयोग गरेर गोर्खाल्याण्ड पन्थीलाई सताउनु, पक्रिनु, काखको नानीको दुघ पीउने बोतलसम्म नछोडी घर कुड्कीको नाममा सम्पती जब्त गर्नु चैं पाउँछ ?

विनोय तामांग ग्रुपले भन्छ: “CBI लाई राजनैतिक हथियार बनाउने बी जे पी सरकार हाय हाय”

हामी भन्छौं: “DIB लाई राजनैतिक हथियार बनाएर तृणमूल पार्टी अनि विनोय तामांगहरूले गोर्खाल्याण्ड पन्थीलाई आफ्नो घर आँगनबाट खेदाउनु चैं पाउँछ?”

विनोय तामांग ग्रुपले भन्छ: "बीजेपी सरकारको कालो नीति बंद गर”

हामी भन्छौं: “भारतीय सम्विधान अन्तर्गत अलग राज्य गोर्खाल्याण्ड माग्ने निहत्था आन्दोलनकारीहरूलाई बङ्गाल पुलिसले गोली चलाएर मार्नु चैं तिमीहरूको सेतो नीति हो?”

विनोय तामांग ग्रुपले भन्छ: “बीजेपी सरकारलाई हटाएर गणतन्त्र बचाऊनै पर्छ”

हामी भन्छौं: “अहिले पहाडमा अरू राजनैतिक दलले जनसभा गर्ने अनुमति पाउँदैन, गोर्खाल्याण्ड शब्द उच्चारण समेत गर्नु पाउँदैन, बंगालमा राजनैतिक नेताको रयाली गर्नु पाउँदैन, हेलीकप्टर उत्रिने परमिशन पाउँदैन भने विनोय तामांगहरूले कुन गणतन्त्रको कुरा गरेका हुन? के गणतन्त्र भनेको तृणमूल पार्टी अनि विनोय तामांगहरूको गोजीको कानून हो?”

विनोय तामांग ग्रुपले भन्छ: “राजनीतिको नाममा बंगालमा हिंसा भड़काउन खोज्ने बीजेपीको षडयन्त्र जनताले मान्दैन, मान्दैन”

हामी भन्छौं: “राजनीतिको नाममा भाषा विवाद ल्याएर दार्जीलिंग पहाड़मा हिंसा भड्काउने ममताको करतूतमा चै विनोयहरूले गोर्खा मास्ने षडयन्त्र नदेख्नु दुर्भाग्यपूर्ण होइन र? त्यों चै जनताले मान्नुपर्ने?”

विनोय तामांग ग्रुपले भन्छ: “१० बर्ष गोर्खाको भावनासंग खेल्ने बीजेपी चाहिंदैन|”

हामी भन्छौं: ठीकै कुरा भनेको विनोय तामांग ग्रुपले, किनभने उसलाई त १३ जना गोर्खा शहीद बनाउने ममता सरकार चाहिएको हो, बीजेपी किन चाहिन्थ्यो र?”

विनोय तामांग ग्रुपले भन्छ: “गोर्खाको सपना मेरो सपना भन्ने बीजेपी सरकार जवाब देऊ”

हामी भन्छौं: “विनोय तामांग! तिमीले गोर्खाको सपनामा आफै आगो लगाएर जवाब बीजेपी सरकारलाई माग्नु सुहाउँछ?”

विनोय तामांग ग्रुपले भन्छ: “देशको गणतन्त्र बचाउन सम्पूर्ण देशवासी एक हौं”

हामी भन्छौं: “तृणमूल पार्टी अनि विनोय तामांगहरूले खोसेको पहाड़, तराई अनि डुवर्सको गणतन्त्र बचाउन सम्पूर्ण गोर्खा एक हौं”





Welcome To our channel Today News.

For all the latest and worldwide news, please do subscribe our channel.We promote any other brand or channel.

Growing by subscribe, like, comment & share.



TODAY NEWS WhatsApp Group Invite - https://goo.gl/twSLDv

TODAY NEWS Google Plus - https://goo.gl/dArpF5

TODAY NEWS Blogspot - https://goo.gl/VQxshV

TODAY NEWS Twitter -  https://goo.gl/GRnFvG

TODAY NEWS Pinterest - https://goo.gl/XRLgQj

TODAY NEWS Instagram - https://goo.gl/YUUxGm

No comments:

Post a Comment

Adbox