केन्द्र सरकारले गोर्खा जातिको छुटेका एघार जात-गोष्ठीलाई यही शीतकालीन संसद अधिवेशनमा बील ल्याउने
नयाँ दिल्ली, ३ जनवरी २०१९: केन्द्र सरकारले गोर्खा जातिको छुटेका एघार जात-गोष्ठीलाई यही शीतकालीन संसद अधिवेशनमा बील ल्याउने वचन दिएको भएता पनि अधिवेशन सकिनै लाग्दा पनि उक्त बील नल्याएकोमा आज एउटा टोलीले जनजातिको मुद्दामा केन्द्रलाई चाप दिईएको छ| टोलीमा गत ९ अक्टोबरको दिन गोजमुमो पार्टीको एउटा डेलिगेशनमा स्वतन्त्र परिचय राखेर जाने बी. पी. बजगाँई अनि लिला कुमार गुरुङ थिए| टोलीलाई नेतृत्व सांसद आह्लुवालियाले दिएका थिए|
यस मामिलामा केन्द्रीय मन्त्रीले संसदमा बील ल्याउने वचन दिएका छन्| अरुणाचल प्रदेशको जनजाति संशोधन बील क्याबिनेटमा पास गरिँदा गोर्खा जनजाति बीलको चर्चा समेत भएन भनि प्रश्न गर्दा उनले भनेका छन्, “हामीलाई थाहा छ, यस्ता तीनवटा बील छन्, हामी एकै चोटी संसदमा पेश गर्नेछौं|” उनलाई के यही शीतकालीन अधिवेशनमा बील ल्याइन्छ त भनि सोध्दा उनले त्यसको निम्ति सरकारले काम गर्दै गरेको बताएका छन्|
केन्द्रले आफ्नो जिम्मेवारी पुरा नगरे कर्तव्यले कसैलाई पनि जातिको आवाज सुन्न कर लगाउनेछ| यी कुराहरू गोजमुमोले पनि केन्द्रलाई जनाईसकेको छ| केन्द्रले गोर्खालाई संविधानको बाटोमा बसेर न्याय दिने कुरामा हामी आश्वस्त छौं| यसलाई उनीहरूले बुझेका छन्| बुझेर पनि बुझपचाए भने गोर्खाल्याण्डको राजनीतिले अर्कै मोड लिनसक्छ| दार्जीलिंग, तराई अनि डुवर्सको राजनीति दिशाहीन हुनसक्छ| चारवटा अन्तर्राष्ट्रिय सीमानाले घेरेको संवेदनशील क्षेत्रमा राजनैतिक स्थायित्व ल्याउने जिम्मा अब केन्द्र सरकारको काँधमा छ| गोर्खाहरू अहिले विश्वासको अन्तिम शिविरमा छन्|
आज मन्त्री ओरामलाई राजनैतिक विश्लेषक तथा गोर्खा इतिहासको जानकार बी. पी. बजगाँईले गोर्खाको जनजाति मामिला अनि शीतकालीन सत्रबारे स्पष्ट प्रश्न गरे| अन्तर्वार्ताको भिडियो संलग्न गरिएको छ|
Welcome To our channel Today News.
For all the latest and worldwide news, please do subscribe our channel.We promote any other brand or channel.
Growing by subscribe, like, comment & share.
TODAY NEWS WhatsApp Group Invite - https://goo.gl/twSLDv
TODAY NEWS Google Plus - https://goo.gl/dArpF5
TODAY NEWS Blogspot - https://goo.gl/VQxshV
TODAY NEWS Twitter - https://goo.gl/GRnFvG
TODAY NEWS Pinterest - https://goo.gl/XRLgQj
TODAY NEWS Instagram - https://goo.gl/YUUxGm
No comments:
Post a Comment